गजल "keharshing"

 


Musikot Municipality 7 Gulmi Nepal


प्रश्नै प्रश्न गर्नेहरुलाई हर उत्तर नहुन सक्छ

गरिएका जवाफहरुको पनि असर नहुन सक्छ१।


मन्दिर गएर भगवान देख्यो टुहुरो देखेन उसले

आँखा भएपनि मान्छेको सहि नजर नहुन सक्छ।


बाहिर नराम्रो भित्र राम्रो देखिन्छ सालको बोट

रुप राम्रो हुनेहरुको पनि मन सुन्दर नहुन सक्छ।


प्रत्येक गाँस टिप्ने बेला छोरो सम्झिन्छिन आमा

आमाको लागि छोरोको कुनै खबर नहुन सक्छ।

 

पलभरमै मनले तय गरेका साना ठुला योजनाहरु

पुरा भएनन जो पुरा जिन्दगीभर नहुन सक्छ ।।।

चक्लेटी 

Rana Keharshing

STUDENT OF 名古屋産業大学

Post a Comment (0)
Previous Post Next Post