प्रदेशि
प्रदेशि त हासेकै भए असल हुन्छ ।
न घाम–चिन्ताले रुन्छ,
न भोक, प्यास र रोगले छुन्छ ।
प्रदेशि त हासेकै भए असल हुन्छ ।। २
कसैले आसा दियो,
झिनो आस उतै बल्झीयो
कसैले भविष्यको सपना देखायो,
उसैको सपनामा अल्झियो ।
जोगाउदा पनी जलेकै छ ।
जहाँ पनि ढलेकै छ ।
मनको रोदन कसैसंग नकह
कस्ले बुझ्छ,कस्ले सुन्छ ।
प्रदेशि त हासेकै भए असल हुन्छ ।। २
प्रदेशमा प्रदेशि झुल्यो,
मन यतै भुल्यो ।
उमेरले जाउँहै भन्न लाग्यो ।
चिन्ता झन् ठुलो
समुन्द्र देख्यो समुन्द्र जत्रै
रेल चल्यो बिजुजी जस्तै,
नौनी जस्तो मेरो मनलाई
जस्ले पनि सजिलै छुन्छ ।
त्यसैले पनि, प्रदेशि त
हासेकै भए असल हुन्छ ।
त्यसैले पनि, प्रदेशि त
हासेकै भए असल हुन्छ ।
जिवन रङ्गहिन थियो,
बालापन यसै सकियो
कसैको साथ जिवनभर सम्झीएर
उसैको सम्झनामा बहकियो ।
प्रदेशि त हासेकै भए असल हुन्छ ।
न घाम–चिन्ताले रुन्छ,
न भोक, प्यास र रोगले छुन्छ ।
प्रदेशि त हासेकै भए असल हुन्छ ।। २
लेखक : केहरसिंह राना
