नेपालमा बिधालय जादा जाँदै पैसा कमाउन बिदेस गएको साथि र नेपालमा बिधालय गैरहेको साथिको जस्तै जिन्दगी छ जापानमा सेन्मन र दाईगाक्को

 

          म जापान आएको ५ बर्ष भन्दा धेरै भयो । म सङ निहोङो पढेको सथिहरु अलिकती सेन्मन गाक्को पढे भने म र म सङै अलिकती दाईगाक्को पढेउ, दाईगाक्कोमा पनि गएको सबै साथिहरु अन्तिम सम्म पुग्न सकेनन कसैले बिचैमा पढन नसकेर भागे म जसो तसो कक्षाहरु लिदै निरन्तर गाक्को गए । केही बर्ष पछि सेन्मन पढेको साथिहरु सियुसोकू भएर कम्पनी गए , बिबाहा गरे श्रीमती लिए सङै काम गरे मिहेनत गरे, पारिवारीक माहोल बनाए जमे। मलाई गिज्याईरहे अझै पढ्दै ? म चुप चाप यस्तै छ मेरो भन्दै आफ्नो पढाइ लाई निरन्तरता दिए । 

त्यो आनन्दको जिन्दगी देख्दा कति खेर त होइन सेनमन पढेको भए यतिबेला सायद सियुसोकू भएर पनि वोर्किङ लगाएर परिवार सङ पो हुन्थिए कि ?

 यस्तो सोच मलाई नआएको पनि होइन वास्तबमै आएको हो । बास्तबमा भन्ने हो भने नेपालमा बिधालय जादा जाँदै पैसा कमाउन बिदेस गएको साथि र नेपालमा बिधालय गैरहेको साथिको जस्तै जिन्दगी छ जापानमा सेन्मन र दाईगाक्को । 

सेन्मन पढेकोले दाईगाक्को गएकोलाई तेरो ठिक छ मस्त छ भन्ने ,.... हाम्रो त बेहाल छ भन्ने .....दाईगाक्को गएकोले सेन्मन सकाएकोलाई अहो ! जिन्दगी उतै सेन्मन तिरै रमाईलो रहेछ भन्ने .....

यस्तै यस्तै दोधारे सोच्मा दोधारेपन बनाएको ५ बर्ष बितेछ । अहिले मेरो दाईगाक्कोको पढाइ सकियो । मेरो रहर र चाहाना संग मिल्ने कम्पन्निमा सियुसोकु पनी भए । अहिले दाइगाक्को गरेको ब्यक्तिको सेवा सुबिधा, सेन्मन गाक्को सोचुग्योको तुलनाको सुबिधा भन्दा अति धेरै राम्रो पाएको छु । 

    साथिहरुलाई म आफुसँग तुलना गर्दा धेरै फरक भेट्छु उनिहरु पनि आफुलाई अबस्य फरक भेट्छन । किन कि मेहनतको फल फरक स्वादको हुन्छ, जस्लाई चाख्ने मौका जो कोहिले पाउदैन । अझै अर्को कुरा सेन्मन् गाक्को पढ्नेको अरु देशमा कुनै मूल्यांकन हुँदैन तर दाईगाक्को सकाउनेलाई अरुदेसमा पनि उच्च मूल्याङ्कन हुने पुण ग्यारेन्टि छ । 


पहिले जे जस्तो भए पनि अहिले म खुसी र सन्तुस्त छु यहि नै मेरो जापानको कथा हो भाइ । 

जस्लाई म के पढौ भनेर सोधिरहदा यो कहानी सुनाउनु भयो । जुन कहानीले मलाई अनेकौं कुराहरू सोच्न तल्लीन बनायो नेपाल बाटै दाईगाक्को जाने राम्रो पढ्ने भनेर बिदेसिएको म नेपाली बिद्यार्थी, पढाईको बारेमा धेरै संग बुझ्ने मौका पाए र अझै बुझ्दै छु सबैको भनाई अनुसार आआफ्नो ठाउँमा सबैको विषय उत्तिकै महत्वपूर्ण छ ।

 यो होइन कि कुनै राम्रो कुनै नराम्रो भनेर भन्न खोजेको होइन । सुझाव, प्रतिक्रिया, परामर्श आफू भन्दा अग्रजहरु संग लिनेहो के पढ्ने ? काहा जाने? त्यो निर्णय स्वयं आफूले लिने हो । त्यसैले सबै निहिङ्गो पढ्दै गर्नुभएका साथीहरुलाई आफूलाई सुहाउने, आफूले सक्ने, पछि पछुतो नलगाउने गाकको र विषय रोजेर अध्ययन गर्न मेरो सानो वास्तविक कहानी सहित सुझाव ।। 

 मलाई सुझावको लागि अमूल्य समय दिनुहुने आदर्णिय अग्रज दाजुहरु प्रति विशेष आभारी ।। 

तपाईहरुको "राना" चकचके भाई 🥰

Rana Keharshing

STUDENT OF 名古屋産業大学

Post a Comment (0)
Previous Post Next Post