लेटर टु My Ex गर्लफ्रेन्ड ( Dear Ex लाई मर्मस्पर्शी पत्र )

 

musikot municipality 7, wami taxar , gulmi Nepal

म आसा गर्छु यो पत्र पढ्दाखेरी तिमी कुसल मंगल छौ । महिनौ भएछ हामी छुट्टिएको घाउहरु अझै आलो नै छन, तर समयले मलम लगाउछ भन्ने आसा गर्दछु । तिमी मेरो जिवनको सबै भन्दा प्यारो मान्छे, तिमीलाई जान दिन वास्तवमै मलाई अति गाह्रो भएको थियो । तर त्यो कठिन भन्दा कठिन समयमा पनी महिले आफुलाई सम्हाल्ने प्रयास गरे, तिमी त मायाबाट निस्कीयौ र आफ्नो लागी नँया माया फेला पारेऊ ।

बस म चाहि गुमनाम थिए, पिडामा थिए, दुःखि थिए । महिले कहिले पनी यस्तो दिन आउला भनेर सोचेकै थिएन, हुनत हामी दुई बिच कत्ति कुराहरु नमिलेको महिले याद गरीरहेको थिए । तर तिमीलाई मेरो जिवनबाट पठाउनु पर्ला भनेर महिले कहिले पनी सेचेकै थिएन र कल्पना पनी, मेरा साथीभाईहरु भन्छन तिमीले मलाई धोका दियौँ त्यसैले महिले तिमीलाइै घृणा गर्नु पर्ने, म तिमीलाई घृणा गर्छु साच्चि घृणा गर्छु । तर अझै घृणा गरु भनेर प्रयास गर्दै छु । तर सुनन् यो मनको एउटा कुनामा कत्ति माया अझैपनी बाँकी छ ।

म आसा गर्छु तिमी र तिम्रो नयाँ साथी, तिमीहरु एकदम जिवनको मजा लिदै छौ । घण्टौ विताउछौ होला साथ साथ कुराकानी गरेर,एक अर्कालाई कहिले नभनेका कुराहरु बाडेर, जत्ति व्यस्त भएपनी तिमीले समय निकाल्छौ होला उसको लागी , दिनभरीको कुराहरु Share गछौ होला, भिडियो कलमा रात रातभर व्यस्त हुन्छौ होला, अंगालो अनी मायाको चुम्बनहरु, रोमान्स त कत्ति आगो बलीरहेको होला, सप्राईजहरु होला, फुलहरु होला, जिवनमा नयाँ रंग तिमीले भरीदिएको होला । मलाई थाहा छ नी त किनकी हाम्रो पनी त कुनै बेला त्यस्तै थियो नि त होइन र ? उसलाई एउटा काँध चाहीएको बेला तिमीले काँध जिहिले पनी दिन्छौ होला उसको कुरा सन्नको लागी, उसलाई केहि चोटपटक लाग्दा खेरी तिमीले पक्का पनी मलाम लगाइदिन्छौ होला, मायाको मलाम, तिमीले उसको लागी सबै कुरा गर्छौ होला है ? किनकी मलाई थाहा छ नी त उ पनी त कत्ति मिठो मिठो कुरा गर्छ होला ।

माया भन्ने चिज न हो ,मायाले त्यस्तो कुरा एक्कासी गर्न आफुलाई खेइ के गराउछ के गराउछ , अचम्म अचम्मका कुराहरु पनी मायाले सम्भव बनाइदिन्छ । उ त कस्तो रुचि देखाएर तिम्रो मुर्ख मुर्ख जोकहरुमा पनी हास्छ होला, उ पनी कत्ति आफ्नो तर्फ बाट नयाँ नयाँ एडजस्टमेन्ट गर्दै छ होला, तिमीलाई खुसी बनाउनको लागी । तिमीहरु दुबै जना एक अर्काको लागी त्याग सर्मपण पुरा परीवार लाई खुसी राख्नको लागी गर्दै छौ होला । मलाई थाहा छ नी त, महिले पनी त गरेको थिए नि होइन र हामीले पनी त गरेका थियाै नी होइन ।

जब हाम्रो सम्बन्ध सुरु भएको थियो, Relation को यात्रा सुरुभएको थियो, कत्ति खुसी थियौ हामी कस्सैले पनी हामीलाई छुट्टाउन सक्छ जस्तो लाग्दैन थियो । तिमीले आफ्नो व्यस्तता बाबजुत पनी मलाई कत्ति धेरै समय दिन्थेउ । हरेक साँझ नयाँ नयाँ कुराहरु सुनाएर मलाई सप्राईज पारेकि हुन्थीयौ । हामी भिडियो कलमा एक अर्कालाई हेरेर घण्टौ सम्म हराउ थियौ, एक अर्काको लागी हामीले कत्ति त्याग सर्मपण गरेका छौ, रात रातभर भिडियो कल, कत्ति रातहरु विहानीमा परीणत भएका छन । बिस्तारै विस्तारै घडि घुम्दै गयो, रोमायान्स कम हुँदै गयो,एस.एम.एस कम हुँदै गयो, हामी विस्तारै एक अर्का देखि टाढिदै गयौँ ।

भिडियो कल बन्द हुन थाल्यो, Massage बन्दहुन थाल्यो, समय कम हुन थाल्यो, मायामा हास्न बन्दहुन थाल्यो, म त चाहान्थीए पहिले जस्तौ कुरा होस मेरो माया पहिले जस्तै होस तर कसरी हो, कसरी हामी एक अर्कालाई माया गर्छौ भन्ने पनी भुल्न थाल्यौ । जिम्मेवारी यति बढेको थियो अबत कस्ले बढि याद गरेको, सर्मपण गरेको भनेर हामीले नापतौल गर्न थाल्यौँ । र एक दिन तिमी मायाबाट निस्कीयौ तर म चाही यता सायद त्यो रोमयान्सको आगो फरी पनी बल्छकी भनेर प्रयास गर्न चाहान्थे, तर तिमीले चाहेनौ, अनी महिले पनी चाहिन ।

आज महिले कसैलाई भेटे उसँग उर्कै खालको अनुभुति त भयो, तर डर लाग्यो, उसको नजिक जान, सुरुमा त यस्तो चमक हुन्छ तर विस्तारै त्यो चमक हराए पछी, फेरी धोका हुन्छ मलाई, के म फेरी त्यो पिडा सहन तयार छु त ?? महिले आफुले आफैलार्ई सोधे, हुनत समय सँगै सबै सम्बन्धमा रोमान्स भन्ने कुरा कम हुदैँ जान्छ, कुराकानी कम हुदैँ जान्छ, अनि सम्बन्धमा उमहु केहि बाकी रहदैन, जे होस महिले तिमी सँग कुराकानी त गर्न चाहेको थिए, तर तिमीले मलाई Massage नगर, Distrub नगर भनेर भनिसकेकी थियौ ।

हामीले कहिले आफ्नो सोचाईहरु, हामी के–के कुरा चाहान्छौ ? , एक अर्काको समस्या के हो ? हाम्रा पिडा, तनावहरु कुरै गरेनौ, हामीले एक अर्कालार्ई नराम्रो सोच्न लाग्यौ र आज यस्तो दिन आयो, ति तनावको यती ठुलो पहाड हामी बनाएका छौ, पहाडको माथि बसेर त्यो माया त देखिदै देखिदैन जुन मायाले सुरुमा हामीलाई साथ लिएर आएको थियो ।

भनेर म लेख्दै थिए एक्कासी उनले मेरो ल्यापटप खोसिन के लेखिरा तिमी ? Airi ले सोधिन अर्काे एउटा बलग लेखिरा अरे Latter to my EX Girlfrind रे ? ओर्ई के भन्या म तिम्रो Girlfirend हो, हामी त अझै Relation मै छौ त, किन तिम्ले मलाइै EX बनाउन ला हँ अनी म सोचाई मात्र आएको हो हे भगवान कहिले पनी म त सोच्न पनी सक्दीन हामी बिच कुराकानी बन्द हुन्छ, हामीले हाम्रो सम्बन्धहरुमा समस्याहरु आउदा पनी समाधान गर्दैनौ, अनी त्यास्तो दिन आउला, अहँ नो नो, मत कहिले पनी चाहान्न त्यस्तो अनी Airi ले भनिन,

ओइ Krijal सम्बन्धमा समस्या जहिले पनी आउछन, तर चिन्ता नगर म जहिले पनी तिम्रो लागी छु, हामी दुईजना मिलेर सम्बन्धमा आएको समस्याको समाधान गरौँला अब खोइ लेउ त पढौ, तिमीले के–के लेखेको छौ, भनेर Airi ले मेरो बलग पढन थालीन रोमान्स माया आगो बल्छ सुरुमा दनदनी तर विस्तारै यति जगरीन्छ कुराहरु, की धेरैको नमिठो सम्बन्धको अन्त्य भएको सन्नुभएको छ होलानी तपाईको केशमा त्यस्तो नहोस कसरी नहुने महिले अगीनै माथि भनीसकेको छु ।

Rana Keharshing

STUDENT OF 名古屋産業大学

Post a Comment (0)
Previous Post Next Post