आखिर हो रहेछ यो संसारमा मान्छेको रुपमा जन्म लिनु कति ठुलो भाग्यमानी को कुरा हो, हैन र ? एउटा अनमोल जिन्दगी जुन हरेकको सपना हुन्छ, रंगिन बनाउने । सायद तपाईंको पनि त सपना होला एउटा खुशी र सुखमय जिन्दगी बिताउने । जब नौ महिना कोखमा राखेर एउटी आमाले जन्म दिन्छिन नौ महिना सम्म दुख अनि हरेक पीडाहरु सहेर केवल यो खुशीमा कि एक दिन मेरो बच्चाले यो सुनौलो संसार देख्नेछ भनेर अनि ति आमाको कति ठुलो सपना होला होइन त्। हरेकको बाल्यकालमा बिताएका पलहरु हरपल सम्झनामा आईरहनछन। मलाइ लाग्छ मान्छेले चाहेर पनि अतितका ति सानो छदाका अबिस्मरणिय पलहरु भुलाउन सक्दैन बरु लुकाउन चाहेपछि लुकाउन सकिन्छ। मेरो पनि त्यस्तै थियो अनगिन्ति खुशीहरु अनि अनमोल सपनाहरुले सजिएको एउटा सुन्दर जिबन, जहा दुख थियो त खुशी पनि त्यो भन्दा दोब्बर थियो। आफ्नो परिवार थियो अनि मिलनसार आफन्तहरु पनि थिए त्यसैगरी बाल्यकालमा खेल्न अनि रमाउन प्यारा साथीहरु पनि थिए। मेरो लागी जिन्दगीका केहि पलहरु धेरै पिडा दायक भएपनि म ति पलहरु लाइ अतितका उपहारहरु मानेर सम्झनामा ल्याईरहनछु किनकि जिन्दगीमा कुनै पनि पलहरु नराम्रा अनि खराब हुदैनन् आखिरमा एउटा खराब गुणभित्र पनि सबैभन्दा राम्रो गुण भेटिन्छ। जिन्दगि यस्तै हो कहिले धेरै नै रुवाउछ त कहिल्यै त्यतिकै खुशी पनि दिन्छ तर हामीले हार मान्नु हुदैन जिन्दगीमा कोहि मान्छे अचानक भेटिन्छ अनि पलभरमै छुट्टिन्छ पनि तर केवल एक पलको त्यो याद सधैको लागी झ झल्को बनिदिन्छ। जब हामी कसैको साथमा हुदा त्यति महत्व दिदैनौ तर अचानक त्यो मान्छे बाट टाढा हुन्छौ अनि त्यसको कमि अनि महत्व तब थाहा हुन्छ। यो मेरो जिन्दगीको एउटा अनमोल अनि वास्तविक कथा हो जुन तपाई पढ्दै हुनुहुन्छ। यदि तपाइको जिन्दगीमा पनि यस्तै अबिस्मरणिय अनि अनमोल पलहरु छन् भने यदि तपाइले ति अनमोल पलहरुलाई एउटा डायरी जस्तै मोबाइल एपमा नोबेल बनाई हरेक संग बाड्न चाहनुहुन्छ भने, तपाईले मलाइ इमेल गरेर सम्पर्क गर्न सक्नुहुनेछ अनि आफ्नो यस्तै एप नोवेल बनाउन सक्नुहुनेछ।
कस्तो शौभाग्य है जब सानो छदा सबै चिजहरु आफ्नै जस्ता लाग्छन, हरेक सपनाहरु पुरा भएजस्तै अनि सजिलै पुरा गर्न सकिने जस्ता लाग्छन। कठिन र असम्भव भन्ने शब्द नै थाहा हुदैन, हामीले जे चाहन्थ्यौ ति सबै आमा बुवा बाट जिद्दी गरेर पनि हासिल गर्थ्यौ। चाहे खेलौना होस् या साथीसंग घुम्न होस् सबै आफ्नो हातमा हुन्थ्यो, यस्तै थियो मेरो जिन्दगि पनि साना साना कुराहरु पनि आफुले हासिल गरेकोमा कत्ति धेरै खुशी मिल्थ्यो। जब केहि कुराको लागी जित आफ्नो हुन्थ्यो नि मनमा एउटा अलग्गै खुशीले भरिएको पल महसुस हुन्थ्यो। जब केहि कुराको लागि रुन्थे तब नरोउ भन्ने अनि आशु पुछिदिने आमा बुवाको साथ् मिल्थ्यो। संसार नै यत्तिकै आफ्नै परिवार, आफन्त अनि साथीहरु हुन् जस्तो लाग्थ्यो अनि हरेक दिन हरेक पलहरु खुशियालीमा बित्थ्यो। सानैमा स्कुल पढ्दै गर्दा साथीहरु संग धेरै नै रमाइलो हुने गर्थ्यो हामीहरु एक अर्काका कुराहरु माथि आफ्नै कुरा मात्र ठुलो भन्थ्यौ फेरी एक अर्काबीच कुरा मिल्दैनथ्यो अनि झगडा हुन्थ्यो अनि एक अर्कासंग रिसाउथ्यौ फेरी अर्को दिन मिलनसार अनि असल साथी बन्ने गर्थ्यौ। कति अनमोल अनि अबिस्मरणीय पलहरु है बाल्यकालमा न कुनै जिम्मेवारी हुन्थ्यो न त् कसैको भनेको मान्ने पर्ने जरुरि हुन्थ्यो, जे गरिन्थ्यो अनि जे मानिन्थ्यो आफ्नै मनको राजा बनेर राज गरेको हुन्थे। हुन पनि हो जे मनले मागेको हुन्थ्यो त्यो सबै मिलेको हुन्थ्यो अनि हरेक चिजहरु हासिल गर्न केवल सम्भब भन्ने शब्द मात्र थाहा हुन्थ्यो। स्कुलबाट घर फर्किदै गर्दा कहिले आधी बाटोमै रमाएर खेलेर साझ परेपछि मात्र घर पुग्थ्यौ। यो माया प्रेम भन्ने शब्द नै बुझ्दैन्थ्यौ केवल एक्लो जिन्दगि अनि त्यो जिन्दगीको एउटै मात्र राजा केवल आफुलाई मात्र मान्थे, यसरि नै बाल्यकालका हरेक पलहरु अनि हरेक दिनहरु बित्दै जान्थे ।
